गृहपृष्ठ असोज २४ देखि सबै रुट खुल्ला

असोज २४ देखि सबै रुट खुल्ला

yatayat-bibhag

यातायात व्यवस्था विभागले दसैंको समयमा हुने यात्रुहरुको भीडभाडलाई लक्षित गरी सबै रुट खुल्ला गर्ने भएको छ । विभागद्वारा सूचना प्रकाशित गरी असोज २४ गतेदेखि ३१ गतेसम्म (८ दिन) का लागि काठमाडौं बाहिर जाने र आउने सवारीसाधनका लागि सबै रुट खुल्ला गर्ने जनाएको हो ।

खासगरी दसैंको समयमा उपत्यका बाहिर जानेहरुको ठूलो भीड लाग्छ । जसका कारण नियमित सञ्चालन हुँदै आएका यातायातका साधनका अतिरिक्त थप सवारीसाधन पनि उपत्यका बाहिरिने गर्दछन् । त्यस्ता सवारीसाधनको रुट परमिट नहुँदा समस्या नहोस् भन्नका लागि सबै रुट खुला गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु