गृहपृष्ठ रक्षामन्त्रीले भने- खानेपानीको पाइप माग्नेजस्तो गवाँर माग नराख्नुस्
रक्षामन्त्रीले भने- खानेपानीको पाइप माग्नेजस्तो गवाँर माग नराख्नुस्
एउटा दुर्गम गाउँको मान्छेले जस्तो पाइप दिनुस् भन्ने माग राख्न काठमाडौंका जनतालाई शोभनीय हुँदैन : रक्षा मन्त्री
फाइल तस्बिर
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने काठमाडौंको सुकेधाराका बासिन्दालाई खानेपानीको पाइप माग्ने जस्तो गवाँर माग नराख्न स्थानीयलाई सचेत गराएका छन् । ‘काठमाडौंमा बसेर खानेपानीको पाइप माग्ने ?’ मन्त्री पोखरेलले भने, ‘हाम्रो गाउँकी बूढीआमाले जस्तो गवाँर माग राख्न काठमाडौंका जनतालाई सुहाउँदैन ।’
काठमाडौं महानगरपालिका–४ नम्बर वडा कार्यालयले शनिबार सांसद तथा मन्त्रीहरुसँग गरेको अन्तक्र्रियाका क्रममा स्थानीय बासिन्दाले खानेपानीको पाइप मागेपछि मन्त्री पोखरेलको यस्तो जवाफ आएको हो । वडा कार्यालयले सोही क्षेत्रबाट निर्वाचित सांसद पोखरेलसँग विकास निर्माणमा भएको ढिलासुस्ती र स्थानीय जनताले पाइरहेको सास्तीका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा स्थानीयले विकास निर्माणको काम कहाँबाट हुने, कसरी हुने, कति रकमको हुने र कसले गरिरहेको छ ? भन्ने कुराको भेउ नपाउँदा नागरिकको स्तरबाट खबरदारी गर्न नसकिएकाले त्यसको यथेष्ठ जानकारी दिन पनि आग्रह गरेका थिए । जवाफमा मन्त्री पोखरेलले नेपाल राजनीतिक संक्रमणबाट केही माथि उठ्न खोजेको भए पनि कानुनी संक्रमणका कारण सबै कुरा सहज नभइसकेको बताए । ‘केही कानुनी अस्पष्टतालाई हटाएपछि सबै कुरा नागरिकको पहुँजमा आउँछ,’ स्थानीयसँग उनले भने ।
प्रकाशित समय १४:२४ बजे

















