गृहपृष्ठ बलात्कार र हिंसाविरूद्ध महिलालार्इ आत्मरक्षा तालिम

बलात्कार र हिंसाविरूद्ध महिलालार्इ आत्मरक्षा तालिम

aatmarakhsya-talim-newskarobar

धनगढीका महिलालार्इ आत्मरक्षा तालिम दिन थालिएको छ । राष्ट्रिय गोजुरियो कराँते दो संघको आयोजनामा महिलालार्इ शनिबारदेखि सातदिने शिविर तालिम आयोजना गरिएको हो । शिविरको शनिबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

महिलामाथि हुने हिंसा, बलात्कारलगायतका घटना न्यूनीकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिविरमा एक हजार महिलालाई आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ ।

सहभागी महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित गाउँ/नगरपालिकाको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् । सुदूरपश्चिम प्रदेशबाट सुरु गरिने महिलाका लागि आत्मरक्षासम्बन्धी शिविर प्रदेश १ को बिर्तामोडमा समापन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु