गृहपृष्ठ निर्मला हत्या प्रकरण : अाठ प्रहरी अधिकारी निलम्बित

निर्मला हत्या प्रकरण : अाठ प्रहरी अधिकारी निलम्बित

nirmala_newskarobar

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानमा लापरिबाही गरेको भन्दै प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको हो ।

उनीहरले निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ । चाँदनीले निर्मलाको कपडा पानीमा पखालेर प्रमाण नष्ट गरेको आरोप लागेको छ । सरकारले उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदन आइतबार सार्वजनिक गरेपछि थप दुई प्रहरीलाई निलम्बन गरिएको हो ।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परेका थिए । समितिको प्रतिवेदनमा प्रहरीको लापरबाही देखिएकाले घटना सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु