गृहपृष्ठ अन्ततः डिल्लीराज विष्ट दोषी करार

अन्ततः डिल्लीराज विष्ट दोषी करार

निर्मला हत्या प्रकरणको अनुसन्धानमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई उच्चस्तरीय छानविन समितिले दोषी करार गरेको छ । पीडित पक्ष, स्थानीयबासी, अधिकारकर्मी तथा सुरक्षा अधिकारीहरुसँगको बयानपछि छानबिन समितिले तत्कालीन एसपी विष्टलाई कार्बाही गर्न सिफारिस पनि गरेको छ ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा ‘ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत घटनास्थलमा नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत निजले निर्वाह गर्नुपर्ने पदीय जिम्मेवारी पूर्णतः पालना गरेको नदेखिँदा निजमाथि छानविन गरी विभागीय कारबाही गर्नुपर्ने’ भनी समितिले सुझाव दिएको छ ।

समितिले छानविनमा संलग्न अन्य सुरक्षा अधिकारीहरुलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । घटनाबारे प्रभावकारी अनुसन्धान गरी दोषी पहिल्याउन विषयवस्तुसँग सम्बन्धित विज्ञसहितको टोली खटाउनुपर्ने समितिको सुझाव छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु