गृहपृष्ठ किशोरी बलात्कारको आरोपमा सुनसरीबाट एक जना पक्राउ
किशोरी बलात्कारको आरोपमा सुनसरीबाट एक जना पक्राउ
बालिका बलात्कारको आरोपमा प्रहरीले सुनरीबाट एक जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उप–महानगरपालिका–१३ की १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा दुहबी नगरपालिका–८ छिटाहाका ३० वर्षिय प्रमोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
इटहरी–९ स्थित गोधुली होलटमा लगेर धाक÷धम्की देखाई करणी गरेको भनी पीडितले दिएको उजुरीको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १३:१८ बजे

















