गृहपृष्ठ पशु बधशाला व्यवसायीले ज्ञापन पत्र बुझाए
पशु बधशाला व्यवसायीले ज्ञापन पत्र बुझाए
नेपाल पशु बधशाला व्यवसायी संघले मंगलबार काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्कीलाई ज्ञापन पत्र बुझएको छ । काठमाडौंमा दैनिक ७० टन मासु खपत हुने भए पनि व्यवसाय व्यवस्थित र स्वास्थ्य वर्धक नभएको भन्दै संघले चार बुँदे सुझाबसहितको ज्ञापन पत्र उपप्रमुख खड्गीलाई बुझाएको हो ।
पशु बधशाला तथा मासु जाँच ऐन, २०५५, उपभोक्ता हित संरक्षण ऐन, २०५४, स्थानीय स्वायत्त शासन ऐन, २०७४ विपरित कार्य भइरहेको र चाड पर्वमा मात्रै गरिने अनुगमनले व्यवसायीलाई दुःख मात्र दिने संघका महासचिव कृष्णहरि भट्टले बताए । काठमाडौं, ललितपुुर र भक्तपुर सबै जिल्लाका नगरप्रमुखसँग छलफल गरी दिगो रुपमा व्यवस्थित बनाउने कार्य भइरहेको खड्कीले बताइन् ।
सरकारले ऐनहरुको कार्यन्वयनका लागि ठोस काम गर्ने, नेपाल सरकारको स्वीकृतिमा खोलिएका पशु बधशाला वा पशु बधशाला व्यवसायी संघ र अन्य सरोकारवाला संघ, संस्था, व्यक्तिसँग समन्वय गरी बधशालामा प्रशोधन गरिएको मासुको मात्र विक्री वितरणको वातावरण निर्माण गर्न व्यवसायी संघले माग गरेका छन् ।
परम्परागत व्यवसायीले पनि आफूलाई सामयिक परिवर्तन गर्ने, ऐन कार्यन्वयनमा सहयोग गर्ने आफ्नो पेशा व्यवसायलाई समय सापेक्ष विकास गरि स्वच्छ, स्वास्थ्य, गुणस्तरिय, प्रतिशपर्धा र मर्यादित बनाउँदै नाफा सुनिश्चित गर्नुका साथै नराम्रालाई निरुत्साहित र राम्रालाई प्रोत्साहित गर्न मासु पसललाई गुणस्तरको ट्याग लगाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
प्रकाशित समय १७:५२ बजे

















