गृहपृष्ठ नेकपाले दसैंको मुखमा रामवीरलाई बलीको बोको बनाउँदै

नेकपाले दसैंको मुखमा रामवीरलाई बलीको बोको बनाउँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामवीर मानन्धरले पार्टीका सचिवालय सदस्य बामदेव गौतमका लागि सांसद पद छाड्न तयार रहेको बताएका छन् । काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार काठमाडौंमा भएको साक्षत्कारमा बुधबार बस्ने पार्टीको केन्द्रीय सचिवालयको बैठकले यस बारे निर्णय गर्ने बताए ।

आफूले राजीनामा दिएपछि खाली रहने सो क्षेत्रमा उपनिर्वाचनमा नेता बामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गर्ने उनले बताए । सांसद मानन्धरले भने, ‘पार्टीले निर्णय गरेलगत्तै मैले राजीनामा दिनेछु, भोलि केन्द्रीय सचिवालयको बैठकले यस सम्बन्धी निर्णय गर्ने संकेत पाएको छु ।’

काठमाडौं ७ छाड्न आफूले कुनै शर्त नराखेको दावी पनि उनले गरे । तर, पार्टीले आवस्यक ठाने २ वर्षपछि राष्ट्रियसभा सदस्य र मन्त्री बन्न आफू तयार रहेको उनले बताए । उनले भने ‘मैले राजीनामा दिनको लागि कुनै शर्त राखेको छैन, राष्ट्रियसभा सदस्य बनाउछन् भने बन्न तयार छु, पार्टीले बनाएछ भने मन्त्री उपप्रधानमन्त्री पनि बनौंला ।’

सांसद मानन्धरले पार्टीको निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउने बताए । यद्यपी, मुलुकको स्थिरता र काठमाडौं ७ को विकासका लागि गौतमको आवस्यकता रहेको मानन्धरले बताए ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु