गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा थपिए मन्त्री

सुदूरपश्चिम प्रदेशमा थपिए मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ (१) बाट विजयी सांसद रावल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । रावलसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ । रावल राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीबाट निर्वाचित मायादेवी भट्ट मान्त्री छिन् ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु