गृहपृष्ठ दसैं मनाउन उपत्यकाबाट दैनिक १ लाख नागरिक बाहिरिँदै

दसैं मनाउन उपत्यकाबाट दैनिक १ लाख नागरिक बाहिरिँदै

जथाभावी भाडा असुले ठाउँको ठाउँ कारबाही

महान् पर्व दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट घर जानेको संख्या बढेको छ । विशेष गरि रोजगार पढाइको लागि काठमाडौं आएकाहरु दसैं मनाउन घर जान लागेका हुन् । केहिदिनयता विभिन्न नाक हुँदै जानेको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक १ लाख भन्दा धेरै नागरिक विभिन्न नाका हुँदै घर जान थालेका छन् । घर जानेको संख्या बढेसंगै नाकाहरुमा सवारी साधनको चाप बढेको छ । घटस्थापनापछि बाहिर जानेको संख्या बढेको छ ।

ट्राफिक कार्यालयले यात्राको क्रममा सवारी साधनले दुख दिएमा तत्काल खबर गर्न समेत यात्रुलाई आग्रह गरेको छ । यात्रुको सहजताका लागि विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राखेको छ । जथाभावि भाडा असुलेको पाइए तत्काल सवारी साधलाई कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

दसैंको समयमा चालहरुले जथाभावी भाडा लिने गरेको गुनासो आउने गरेको छ । तोकिएको भन्दा बढि भाडा लिए ठाउँको ठाँउ कारबाही हुने प्रहरीले जनाएको छ । दसैं मनाउन काठमाडौं उपत्यकाबाट २० लाख भन्दा धेरै नागरिक बाहिर जिल्ला जाने गरेका छन् ।

यसैबीच उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । दसैंको समयमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको धादिङका प्रहरीले जनाएको छ । घटस्थापनादेखि एक हप्ताका लागि ठूला मालबाहक सवारी आवतजावतमा रोक लगाइएको हो ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु