गृहपृष्ठ आज ६३ औं प्रहरी दिवस मनाइँदै
आज ६३ औं प्रहरी दिवस मनाइँदै
नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदै छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा प्रत्येक वर्ष प्रहरी दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यालयले जनाएको छ । उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ । जिल्लाहरुमा रहेको प्रहरी कार्यालयहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने जनाइएका छ ।
प्रकाशित समय ०८:५१ बजे

















