गृहपृष्ठ निर्मला हत्याबारे बोले एसपी विष्टका छोरा

निर्मला हत्याबारे बोले एसपी विष्टका छोरा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरणले आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई खुलापत्र लेखेका छन् ।

निर्मलाको बलात्कारपछि हत्यामा किरणको संलग्नता रहेको आशंकामा डीएनए परीक्षण गरिएको थियो । डीएनए रिपोर्टबाट निर्दोष रहेको पुष्टि हुँदा पनि आफ्नो र परिवारको नाम जोडेर चरित्र हत्या गर्ने काम भइरहेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकबाट प्रधानमन्त्रीलाई खुलापत्र लेखेका हुन् ।

पत्रमा किरणले भनेका छन्, ‘आफू निर्दोष हुँदाहुँदै पनि चरित्र हत्या गरियो, निर्मला बहिनीले न्याय पाउनुपर्छ भन्ने पक्षमा छु, तर मलाई मानसिक याताना दिइएको छ ।’

उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति समेत असन्तुष्टि जनाएका छन् । गत साउन १० गते घरबाट साथी रोशमी बमको घरमा हिडेकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

किरणले प्रधानमन्त्रीलाई लेखेको पत्र

प्रकाशित समय १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु