गृहपृष्ठ बैंकहरुको दसैं विदा घट्यो (विदाको सूचिसहित)
बैंकहरुको दसैं विदा घट्यो (विदाको सूचिसहित)
यसपटकको दसैंमा बैंकहरुले पाँच दिनमात्रै सेवा बन्द गर्ने भएका छन् । यसअघि दसैंमा बैंकहरु आठ दिन बन्द हुन्थे । सरकारले सार्वजनिक विदा कटौती गरेसँगै बैंकहरुले तीन दिन विदा घटाएका हुन् ।

विदा कटौती गरिएकै कारण घटस्थापनामा पनि बैंकहले सेवा प्रवाह गरे । यसअघि घटस्थापनामा बैंकहरु खुल्दैन थिए । नेपाल राष्ट्र बैंकका अनुसार टिकाको पर्सीपल्ट अर्थात द्वादशी र अन्तिम दिन अर्थात कोजग्रत पूर्णिमामा पनि बैंकहरु खुल्नेछन् । यसको अर्थ असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म गरी पाँच दिनमात्र बैंकहरु बन्द हुनेछन् ।
प्रकाशित समय १२:३६ बजे

















