गृहपृष्ठ नुवाकोट दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

नुवाकोट दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

accident_newskarobar

शुक्रबार नुवाकोटमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । समुद्रटारबाट त्रिशुलीतर्फ जाँदै गरेको मिनीबस सूर्यगढी गाउँपालिका–५ स्थित गणेशस्थानमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । दुर्घटनामा परी नुवाकोटस्थित पञ्चकन्या गाउँपालिकाका मिनु तामाङ र भगवान कँडेल तथा चितवनको मुग्लिनका बलराम तिवारीको मृत्यु भएको छ । तामाङ र तिवारीको घटनास्थलमै तथा कँडेलको उपचारका क्रममा काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ५५ मध्ये गम्भीर घाइटे ३३ जनालाई थप उपचारका लागि काठमडौं पठाइएको छ भने २२ जनाको त्रिशुलीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये ४ जनालाई हेलीकप्टरमार्फत र बाँकीलाई एम्बुलेन्समा काठमाडौं पठाइएको थियो ।

बा.१ ख ६३५६ नं. को बस शुक्रबार बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुँदा सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु