गृहपृष्ठ ३३ किलो सुन प्रकरण : आरोपी बेनु श्रेष्ठलाई विराटनगर लगियो
३३ किलो सुन प्रकरण : आरोपी बेनु श्रेष्ठलाई विराटनगर लगियो
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई विराटनगर लगिएको छ । दुबईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार विराटनगर लगिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।
सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए ।
प्रकाशित समय ०७:१३ बजे

















