गृहपृष्ठ रामेछाप देउराली हिमगंगा सडक जीर्ण, दसैंमा पनि यात्रुलाई सास्ती

रामेछाप देउराली हिमगंगा सडक जीर्ण, दसैंमा पनि यात्रुलाई सास्ती

रामेछाप नगरपालिकाको रामेछाप देउराली हिमगंगा सडक खण्डमा यात्रुलाई सास्ती भएको छ । नगरपालिकाले दसैंमा कच्ची सडक मर्मत नगर्दा यात्रु र सवारी चालकालाई सास्ती भएको हो । नगरपालिकाले मुख्य सडक सफा गरको बताए पनि गाडी गुड्ने अवस्था छैन । नगरपालिकाले नगर कोषबाट सडक मर्मत गरेको जनाएको छ ।

तर सडकको स्तरोन्नति भएको छैन । रामेछाप देउराली हिमगंगा सडक लगायत अन्य चार वटा मुख्य सडक नगर कोषबाट सफा गरिएको थियो । सडक मर्मत गर्ने काम झारा टार्ने मात्र भएको स्थानीयले गुनासो गरेका छन् ।

सहरबाट दसैं मनाउनको लागि गाउँ पुगेका यात्रु गोपाल श्रेष्ठले भने, ‘दसैंमा रोड सफा गरेको भन्ने सुनेको थिए, तर नगर प्रमुखले दसैं खर्च उठाएछन् ।’ गाडी चल्न नचलेपछि यात्रुहरू सामान बोकेर हिड्दै घर जान बाध्य भएका थिए । पाँच वर्ष अगाडि नै यो सडक निर्माण भए पनि अहिलेसम्म गाडी चल्न सक्ने अवस्थामा छैन ।

प्रकाशित समय ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु