गृहपृष्ठ महोत्तरीमा लागुऔषधसहित तीन युवक पक्राउ

महोत्तरीमा लागुऔषधसहित तीन युवक पक्राउ

प्रहरील महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल प्रवेश गरेका तीनै युवकको सामान जाँचका क्रममा उनीहरुको साथबाट नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान बरामद गरिएको उहाँले जानकारी दिए । लागुऔषधसहित पक्राऊ परेका ती युवकमाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने भएको छ ।
(रासस)

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु