गृहपृष्ठ रामेछापको खरानेपाखामा दुर्घटना, दुईको मृत्यु, सात घाइते

रामेछापको खरानेपाखामा दुर्घटना, दुईको मृत्यु, सात घाइते

accident_newskarobar

रामेछाप नगरपालिका–२ खरानेपाखामा आज साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।

मृत्युहुनेमा ६० वर्षीया आमा ललिमाया कार्की र छोरा दुर्गाबहादुर कार्की रहेका छन् । घाइते सात जनालाई सदरमुकाम मन्थली ल्याइएको वडा नं १ का वडाध्यक्ष नरबहादुर थापाले जानकारी दिए ।

ना. १ ज ४८१२ नम्बरको टाटासुमो रामेछाप नगरपालिकाको कुकुरकाटे भञ्ज्याङदेखि रामेछापकै गोठगाउँ जाँदै गर्दा दुर्घटना भएको हो । सो टाटासुमो बाटोबाट करिब ३०० मिटर तल खसेको थियो ।(रासस)

प्रकाशित समय २०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु