गृहपृष्ठ अफगानिस्तानको निर्वाचनमा १३० भन्दा बढीको मृत्यु
अफगानिस्तानको निर्वाचनमा १३० भन्दा बढीको मृत्यु
फाइल तस्बिर
अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ ।
शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ । काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७८ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले बताए ।
तालिवान आतंककारी समूहले अफगान मतदातालाई मतदान केन्द नजान चेतावनी दिँदै आएका थिए । (रासस/एएफपी)
प्रकाशित समय २०:२४ बजे

















