गृहपृष्ठ एसपी विष्टलाई निष्काशन गर्न प्रहरी हेर्डक्वार्टरको सिफारिस

एसपी विष्टलाई निष्काशन गर्न प्रहरी हेर्डक्वार्टरको सिफारिस

plilice-headquarter

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

गृहमन्त्रालयले उक्त सिफारिस उपर आइतबार निर्णय गर्न सक्ने सम्भावना रहेको उनले बताए । रासस ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु