गृहपृष्ठ नेकपाको सचिवालय बैठक : मन्त्रीको जिम्मेवारी हेरफेर हुनसक्ने
नेकपाको सचिवालय बैठक : मन्त्रीको जिम्मेवारी हेरफेर हुनसक्ने
फाइल तस्बिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवाल बैठक आइतबार २ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, मन्त्रीको जिम्मेवारीको छलफल र पार्टीको भावी रणनीति बारे बैठकमा छलफल हुने बुझिएको छ ।
नेकपाले सरकारको काम कारवाहीको समीक्षासहित कार्यक्षमता देखाउन नसक्ने मन्त्रीको फेरबदल गर्ने विषयमासमेत छलफल हुने नेकपा स्रोतले जानकारी दियो । यसअघि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक आइतबार २ बजेका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको छ ।
बैठकमा प्रदेश इन्चार्जको नियुक्तिलाई लिएर पार्टीमा उत्पन्न विवादबारे छलफल गर्ने कार्यसूची पनि रहेको एक नेताले बताए । मापदण्ड विपरित एकतर्फी ढंगले इन्चार्ज तोकिएको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएको छ ।
प्रकाशित समय १२:५० बजे

















