गृहपृष्ठ याक एण्ड यतिको क्यासिनोमा नेपाली नागरिकको मृत्यु !
याक एण्ड यतिको क्यासिनोमा नेपाली नागरिकको मृत्यु !
काठमाडौंको क्यासिनोमा जुवा खेल्दै गर्दा एक नेपालीको मृत्यु भएको छ । दरबारमागस्थित याक एण्ड यति होटलको रोयल क्यासिनोमा नेपाली नागरिकको मृत्यु भएको हो । नेपाली नागरिकलाई निषेध गरिएको सो क्यासिनोमा सिराहा लहान स्थायी घर भएका बुद्धिलाल साहको मृत्यु भएपछि घटना रहस्यमय बनेको छ ।
क्यासिनोेले भने साहले भारतीय परिचय पत्र देखाएर भित्र छिरेको दाबी गरेको छ । साह एक्कासी बेहोस भएपछि प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पु¥याएलगत्तै मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।
उनले क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचयपत्र देखाएको जानकारी प्राप्त भएको काठमाडौं प्रहरी प्रवक्ता अशोक सिंहले जनकारी दिए । ‘भारतीय नागरिकको परिचयपत्र देखाएर छिरेको भनिएको छ, तर पनि घटना शंकास्पद छ, हामी छानविनको क्रममा छौ,’ सिंहले न्यूजकारोबारसँग भने ।
साहको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थप अनुसन्धान शुरू गरेको छ । यस विषयमा क्यासिनोका अधिकारीसँग पटक–पटक जानकारी माग गर्दा जवाफ दिन चाहेनन् ।
प्रकाशित समय १५:५० बजे

















