गृहपृष्ठ आयोगले सत्तारुढ नेकपालाई दियो वैधानिकता

आयोगले सत्तारुढ नेकपालाई दियो वैधानिकता

nekapaa-newskarobar

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता पाएको छ । निर्वाचन आयोगले शुक्रबार नेकपालार्य वैधानिकता दिएको हो । पछाडी कोष्टमा (नेकपा) राखिएको नेपाल कम्युनिस्ट पार्टीलाई आयोगले वैधानिकता दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दालको इजलासले शुक्रबार दुई दलको फरक फरक अस्तित्व देखिएकाले ऋषिराम कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।

फैसला गर्नु अघि दुबै नेकपाका प्रतिनिधिसँग आयोगले गत वुधबार छलफल गरेको थियो । आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अलग अलग पहिचान देखिने हुँदा निवेदकको निवेदन खारेज हुने फैसला गरिएको हो ।

जेठ ३ गते तत्कालिन एमाले र माओवादीको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रकाशित समय १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु