गृहपृष्ठ अध्यागमन व्यवस्थित बनाउन गृहमन्त्री थापाको निर्देशन
अध्यागमन व्यवस्थित बनाउन गृहमन्त्री थापाको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभाग व्यवस्थित गर्न निर्देशन दिएका छन् । मन्त्री थापाले शुक्रबार विभाग अनुगमन गर्दै सो क्षेत्रको सुधार गर्न अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले सुधार गर्दै सहज बनाउन उनले निर्देशन दिएका थिए । कर्मचारीलाई निर्देशन दिँदै थापाले भने ‘नेपालमा अनुभव राम्रो भएमा विदेशी पुनः दोहोरिएर नेपाल आउँछन् र अरुलाई पनि नेपाल जान सुझाव दिन्छन् भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुहोस् ।’
गृहसचिव प्रेमकुमार राईसहितका अधिकारी लिएर अध्यागमन पुगेका थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन निरीक्षण गरेका थिए । विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्न गृहमन्त्री थापाको निर्देशन थियो ।
गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिने प्रतिवद्धता जनाए ।
प्रकाशित समय १८:३८ बजे

















