गृहपृष्ठ सीताराम यचुरीले भने– नेपाल र भारत जुम्ल्याहा भाई

सीताराम यचुरीले भने– नेपाल र भारत जुम्ल्याहा भाई

सीताराम यचुरी

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा यचुरीले उक्त धारणा राखेका हुन् ।

भारतीय कम्युनिस्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा उनले अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने अनुभव मिलेको बताए ।

सिद्दान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत संघको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु गल्ती हुने स्पष्ट गरे । उनले देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन गर्न आवश्यक रहेको बताए । उनले नेपालमा कम्युनिस्ट आन्दोलन प्रभावकारी बनेको उल्लेख गरे ।

नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको यचुरीको भनाई थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताएका थिए ।

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु