गृहपृष्ठ थुनुवा फरार प्रकरण : प्रहरी हवल्दार र जवानमात्रै निलम्बित

थुनुवा फरार प्रकरण : प्रहरी हवल्दार र जवानमात्रै निलम्बित

nilamban-newskarobar

विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षबाट दुईजना थुनुवा फरार भएको घटनामा सो कार्यालयमा कार्यरत दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा प्रहरी हवल्दार जिरालाल रौनियार र प्रहरी जवान जगन्नाथ बास्केलाई निलम्वन गरिएको उल्लेख छ ।

यस्तै छानबिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङले समितिसमेत गठन गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासत कक्षबाट मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलम भागेपछि छानबिन गर्न डिएसपी निशान थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले शुक्रबारबाटै काम थालेको छ । शुक्रबार बिहान १ बजेदेखि ३ बजेको बीचमा अभियुक्तहरु भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएका थिए । बिहीबार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा राखिएको थियो ।

अस्फाक हत्या आरोपमा पक्राउ परेका पाँचमध्ये मुख्य अभियुक्त हुसेन र आलमलाई छुट्टै कोठामा राखिएको थियो भने अन्य तीन आरोपीसहित १६ जनालाई छुट्टै कक्षमा राखिएको थियो । सो घटनाको समय ड्युटीमा रहेका अन्य प्रहरीलाई जिल्ला तानेर अनुसन्धान सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु