गृहपृष्ठ काभ्रेमा दुर्घटना अपडेट : डीअार्इजी भण्डारीसहित तीन जनाको मृत्यु
काभ्रेमा दुर्घटना अपडेट : डीअार्इजी भण्डारीसहित तीन जनाको मृत्यु
काभ्रेको मण्डनपुरमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बा. ३ च २८७ नम्बरको जिप मण्डनदेउपुर नगरपालिका-६, ढकालथोकमा दुर्घटना हुँदा विनोद गौतम, जीवन पराजुली र डीआर्इजी सुशीलकुमार भण्डारीको मृत्यु भएको हो ।
ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक गौतम र रेडियो गौरवका पराजुलीको घटनास्थलमै मृत्यु भएको हो भने डीआर्इजी भण्डारीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको असर्इ नारायण ढकालले जानकारी दिए । अन्य तीन घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित समय १७:४९ बजे

















