गृहपृष्ठ पत्रकारमाथि भएको ‘दुर्व्यवहार’को महासंघद्वारा आपत्ति

पत्रकारमाथि भएको ‘दुर्व्यवहार’को महासंघद्वारा आपत्ति

यातायात व्यवस्था विभागका निर्देशकले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरे

यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द्र साहले समाचार संकलनमा क्रममा पुगेका दुई पत्रकारमाथि दुव्र्यवहार गरेका भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

श्री चन्द्र साह

सार्वजनिक सेवाको क्षेत्रमा नागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार अधिकारीबाटै सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरा पर्सन अजय हाकुजुलाई धम्की दिँदै समाचार संकलनमा अवरोध गर्दा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

विभागमा पत्रकारद्वय समचार संकलनमा गएका थिए । सार्वजनिक चासोको विषयमा रहेका सूचना माग्दा कार्यालयका उच्च अधिकारी श्रीचन्द्र शाहले उनीहरुमाथि दुव्र्यवहार गरेका थिए । पूर्वअनुमति लिएर मात्र समाचार बनाउन भन्दै उनले समाचार संकलनमा अवरोध गरेका थिए ।

यस्तै नेपाल प्रेस युनियनले पनि दुई पत्रकारमाथि भएको दुव्र्यवहारको भ्रत्र्सना गरेको छ । यातायात व्यवस्था विभागमा आर्थिक चलखेल हुने गरेको कतिपयको टिप्पणी छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु