गृहपृष्ठ चन्द्रागिरिमा क्रिकेट वर्ल्ड कपको ट्रफी
चन्द्रागिरिमा क्रिकेट वर्ल्ड कपको ट्रफी
आइसीसी क्रिकेट वर्ल्ड कप ट्रफी टुर अन्तर्गत वर्ल्ड कप ट्रफी चन्द्रागिरीमा प्रदर्शन गरिएको छ । शुक्रबार नेपाल ल्याइएको उक्त ट्रफी आईतबार काठमाडौंको चन्द्रागिरीमा प्रर्दशन गरियो ।
चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर नजिकै र त्यहाँबाट देखिने मनास्लु, गणेश हिमाल लगायत हिमश्रृखंला अगाडि ट्रफी प्रदर्शन गरिएको हो । नेपाली क्रिकट टिमको पहिलो कप्तान उत्तम कर्माचार्य र अर्का पूर्वकप्तान पवन अग्रवाल पनि ट्रफी टुरमा उपस्थित थिए ।
शुक्रबार नेपाल ल्याइएको ट्रफी सोही साँझ स्वयम्भूनाथमा सार्वजनिक गरिएको थियो । हाल नेपाली क्रिकेट खेलाडीहरु पोखरा प्रिमियर लिगका लागि पोखरामा रहेका कारण ट्रफी शनिबार पोखरा लगिएको थियो । ट्रफी सोमबार बसन्तपुरमा प्रदर्शनमा राखिनेछ ।
प्रकाशित समय १९:१६ बजे

















