गृहपृष्ठ नामांकन र राजधानी तोक्न प्रदेश २ मा आयोग गठन

नामांकन र राजधानी तोक्न प्रदेश २ मा आयोग गठन

pradesh-2-newskarobar

राजधानी र नामांकनको विषयमा सुझाव संकलन गर्न प्रदेश दुई सरकारले आयोग गठन गरेको छ ।

प्रदेश दुई मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । समितिका सदस्यमा मोहनलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् । सो आयोगलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा दिइएको छ ।

स्थायी राजधानीको विषयमा दलहरुबीच खासै विवाद नदेखिए पनि नामांकनका विषयमा मतभिन्नता देखिएको छ । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले प्रदेशको नाममा ‘मधेश’ तथा विपक्षी दलहरु नेकपा र कांग्रेसलगायत सांसदले मिथिला, ‘मिथिला भोजपुरा’ हुनुपर्ने धारणा राख्दै आएका छन् ।

आयोगले प्रदेशको राजधानी र नामांनको विषयमा कार्यक्षेत्र भित्र विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा धेरै सरोकारवालासँग सुझाव संकलन गर्नेछ । (रासस)

प्रकाशित समय ०७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु