गृहपृष्ठ बिर्तामोडस्थित एनएमबी बैंक हाताबाट १७ लाख लुटपाट
बिर्तामोडस्थित एनएमबी बैंक हाताबाट १७ लाख लुटपाट
सांकेतिक तस्बिर ।
झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट अाइतबार अपराह्न एक व्यक्तिको १७ लाख रूपैयाँ लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १६ लाख ९९ हजार लुटपाट भएको प्रहरीले जनाएको छ ।
अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउन्टरअगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय २१:०९ बजे

















