गृहपृष्ठ सर्पले डसेर उपचार गर्न आएकी महिलाको मृत्यु !
सर्पले डसेर उपचार गर्न आएकी महिलाको मृत्यु !
चिकित्सकले लापरवाही गरेको आफन्तको आरोप
सर्पले डसेर बुटवलको लुम्बिनी अन्चल अस्पतालमा उपचार गर्न आएकी एक महिलाको मृत्यु भएको छ । बुटबल उप–महानगरपालिका –१६ सेमलार डरगाउँकी ५० वर्षीय सारदा ज्ञवालीको उपचारको क्रममा मृत्यु भएकको हो ।
आइतबार दिउँसो गोठमा काम गर्दै गर्दा सर्पले डसेपछि उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल ल्याइएको थियो । चिकित्सकले टि.टि सुई लगाएको एक घण्टामा उनी गम्भीर बिरामी परेकी थिइन् । अवस्था गम्भीर भएपछि आइसीयुमा उपचारको लागि चिकित्सकले लगेको मृतक सारदाका दाजु नरिश्वर पौडेलले बताए ।
‘सर्पले डसेको २० मिनेटमा अस्पताल ल्याएका थियौं, तर बिरामीको उपचारमा लापरवाही भएर मृत्यु भएको हो’ पौडेलले भने । आकास्मिक कक्षमा आएको समयमा चिकित्सक नभएको र सर्पले डसेको एन्टी स्नेक भेनम् नदिएको कारण उनको मृत्यु भएको आफन्तको आरोप छ । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्न उनीहरुले माग गरेका छन् । अस्पतालले भने बिरामी उपचारको क्रममा मृत्यु भएको जनाएको छ
प्रकाशित समय १६:२७ बजे

















