गृहपृष्ठ राष्ट्रपतिको निर्णयले श्रीलंकामा हिंसा भड्किने आशंका

राष्ट्रपतिको निर्णयले श्रीलंकामा हिंसा भड्किने आशंका

एकको मृत्यु, दुई घाइते

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाएर महिन्दा राजपाक्षेलाई शुक्रबार प्रधानमन्त्रीको सपथ गराए । यसअघि एक पटक प्रधानमन्त्री र दुई पटक राष्ट्रपति बनिसकेका राजपाक्षेलाई प्रधानमन्त्रीको सपथ गराएपछि श्रीलंकामा प्रदर्शन सुरु भएको एजेन्सीहरुले जनाएका छन् ।

यो सँगै श्रीलंकामा राजनीतिक संकट गहिरिएको र त्यसले हिंसाको रुप लिएको जनाइएको छ । सिंघेका विश्वासपात्र एवं पूर्व पेट्रोलियम मन्त्री अर्जुन राणतुंगाका अंगरक्षकले महिन्दा राजपाक्षेका समर्थकमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् ।

उक्त घटनामा परी गम्भीर घाइते भएका एक व्यक्तिको ज्यान गएको र दुई जना घाइते भएको जनाइएको छ । रणतुंगा सीपीसीमा प्रवेश गर्न खोज्दा केही कर्मचारीले उनलाई रोकेपछि अंगरक्षकले गोली चलाएका थिए ।

उता विक्रमा सिंघेले आफूलाई हटाउने राष्ट्रपतिको कदमलाई ‘अवैधानिक’ भनेका छन् । बर्खासी लगत्तै विक्रमासिंघेले संसदका आपतकालीन सत्र बोलउन माग गरेका थिए, यसर्थ कि उनी आफ्नो बहुमत सिद्द गर्न सकुन् ।

यो पनि पढ्नुस् ।

महिन्दा राजपाक्षे : राष्ट्रपतिबाट प्रधानमन्त्रीतर्फ

 

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु