गृहपृष्ठ गौचन हत्या प्रकरण : थप तीन जना पक्राउ
गौचन हत्या प्रकरण : थप तीन जना पक्राउ
निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक वर्षअघि भएको घटनामा गोली हान्न संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकी छन् । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियुक्त अमर रानामगर नै शरदका मुख्य सुटर थिए । महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरेर ल्याएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष गौचनको हत्यामा संलग्न नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिइसकेको छ । न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले २०७४ माघमा थुनछेक बहसपछि नौ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको थियो ।
यसअघि गौचनको हत्या अभियोग लागेका रुपन्देहीका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् । गौचन हत्यामा संलग्नको आरोपमा यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् ।
अदालतको आदेशमा २ जना रिहा भइसकेका छन् । राजकुमार साह रौनियार र श्याम गुप्ता धरौटीमा रिहा भएका हुन् । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो । काठमाडौंको शान्तिनगरमा आफ्नै गाडीभित्र उनी माथी गोली हानीएको थियो ।
प्रकाशित समय १९:१३ बजे

















