गृहपृष्ठ कांग्रेस र एमालेले पनि संघीयता चाहेका छैनन् : केसी
कांग्रेस र एमालेले पनि संघीयता चाहेका छैनन् : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस नेकपाले पनि संघीयता नचाएको बताएका छन् । तर ती दलले बाध्यतामा परेर संघीयता स्वीकारेको उनले दावी गरे ।
संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने भएकाले जनतालाई खर्चको भार मात्र बढाउने उनको तर्क थियो । छलकपटपूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको उनले दावी गरे ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा केसीले आफू संघीयताविरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोध गरेको बताए । संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभएको उल्लेख गर्दै कसैले उनिहरुलाई संघीयता बोकाइदिएको बताए ।
नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको उल्लेख गर्दै केसीले यसलाई जनताले नै असफल बनाइदिने दावी गरे । संघीयता भनेको ‘खर्च न पर्च, काँसी जानुपर्छ’ भने जस्तै भएको उनले बताए । चर्चित उखान जोड्दै उनले भने, ‘अहिले ठूला दलहरुलाई पनि संघीयता नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै गलपासो भएको छ ।’
प्रकाशित समय १९:०४ बजे

















