गृहपृष्ठ जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

accident_newskarobar

जाजरकोटको पाँचकाटीया ब्युलीढुंगा सडकको कुशे गाउँपालिका–५ खुर्पामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भे १ ज ५७५ नम्बरको जीप दुर्घटनामा २३ वर्षीय चालक कमल परियार र २१ वर्षीय प्रविज सिद्धीकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालकको घटनास्थलमै र सिद्धीकीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

जीप सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु