गृहपृष्ठ निर्मला हत्या प्रकरण : थप चार जनाको डिएनए परिक्षणको तयारी
निर्मला हत्या प्रकरण : थप चार जनाको डिएनए परिक्षणको तयारी
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा थप चार जनाको डिएनए परिक्षण गरिने भएको छ । हत्या भएको तीन महिनासम्म पनि दोषी पत्ता नलागेपछि थप चार जनाको डिएनए परिक्षण गर्न लागिएको हो । भीमदत्त आसपासकै व्यक्तिको डिएनए परिक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
यसअघि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दिलीपसिंह विष्ट र चक्र बडुको डिएनए परिक्षण गरेकोे थियो । तर, उनीहरु निर्दोष ठहरिएपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र आयुष विष्टको डिएनए परीक्षण गरिएको थियो ।
तत्कालिन एसपी विष्टले घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको छ । अनुसन्धानमा लापरबाही गरेको भनदै सरकारले एसपी विष्ट र इन्सपेक्टर जगजिस भट्टलाई बर्खास्त गरेको थियो । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित समय १२:४४ बजे

















