गृहपृष्ठ डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, १ वर्ष कैदको फैसला
डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर, १ वर्ष कैदको फैसला
बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । विशेष अदालतले चितवनको भरतपुरस्थित अस्पतालका तत्कालीन अध्यक्ष डा. श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
अदालतले मंगलबार श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । अस्पतालको अध्यक्ष हुँदा डा. श्रेष्ठले १ करोड ६७ लाख ५७ हजार अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो ।
प्रकाशित समय १८:०८ बजे

















