गृहपृष्ठ प्रधानमन्त्रीको वक्तव्य : अस्पतालबाट छिट्टै फर्किन्छु
प्रधानमन्त्रीको वक्तव्य : अस्पतालबाट छिट्टै फर्किन्छु
उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न टिकाटिप्पणी भएपछि प्रधानमन्त्री ओलीले अस्पतालबाट वक्तव्य जारी गर्दै भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् । अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने उनले बताएका छन् ।
ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित समय १७:४४ बजे

















