गृहपृष्ठ पाँच लाख नगदसहित १९ जुवाडे प्रहरी नियन्त्रणमा

पाँच लाख नगदसहित १९ जुवाडे प्रहरी नियन्त्रणमा

tash-butwal-newskarobar

इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । बुटवल ट्राफिकचोक होटल झिमाबाट प्रहरीले आठजना जुवाडेलाई ३ लाख ९४ हजार नगदसहित नियन्त्रणमा लिएको हो । बुटवल–४ का लोकनाथ न्यौपाने र टीका क्षेत्री, तिलोत्तमा–७ का राजाराम यादव, पाल्पाका रामप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

कालिकानगरस्थित कुसुम खड्काको घरबाट पाँचजना जुवाडे र ८४ हजार नगद नियन्त्रणमा लिएको छ । बुटवल–११ कालिकानगर बस्ने कुसुम खड्काबाट १७ हजार, सोही स्थानका मुक्त गाहाबाट ३० हजार, गुल्मी रुरु–४ स्थायी घर भई हाल बुटवल–११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय, तिलोत्तमा नगरपालिका ३ बस्ने रामच्रन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरीएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

सुक्खानगरस्थित रेनुका थापाको घरबाट कात्तिक १२ गते वडा प्रहरी कार्यालय रामनगरले ६ जना जुवाडेसहित ३५ हजार नियन्त्रमा लिएको छ । पक्राउ पर्नेमा चारजना पुरुष र दुईजना महिला छन् । रेनुका थापाको घरमा तास खेलेका उनीहरुलाई पक्राउ गरेको हो । कृष्ण थापा, बेदथापा, बेदराज खनाल, घनश्याम बस्याल, सिमा शाही र रेणुका थापा प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट प्रहरीले नगद ४८ हजार एक सय ६० रुपैयाँ वरामद गरेको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षण हेमबहादुर केसीले बताए ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु