गृहपृष्ठ हिडन ट्रेजरको सहकार्यमा ‘मिस बुटवल नेपाल’ आयोजना

हिडन ट्रेजरको सहकार्यमा ‘मिस बुटवल नेपाल’ आयोजना

मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको सहकार्यमा बुटवलमा पहिलोपटक मिस नेपाल बुटवल आयोजनाको तयारी गरिएको छ । २४ वर्षदेखि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरको सहकार्यमा द नेक्स्ट रेभोलुसन नेपालको आयोजानमा ‘मिस बुटवल नेपाल–२०१८’ आयोजना हुन लागेको हो ।

द नेक्स्ट रेभोलुसन नेपालले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो । सौन्दर्य प्रतियोगिताप्रतिको भ्रमलाई चिर्दै समाजका उदाहरण उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको द नेक्स्ट रेभोलुसन नेपालका प्रबन्ध निर्देशक राजीव खनालले जानकारी दिए ।

विजेताले द हिडेन ट्रेजर नेपालले सञ्चालन गर्ने मिस नेपालमा सिधै प्रतिस्पर्धा गर्न पाउने हिडेन ट्रेजर नेपालका संस्थापक एवं पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीले बताए । फर्म सार्वजनिक गर्दै द नेक्स्ट रेभोलुसन नेपालका म्यानेजिङ डाइरेक्टर राजीव खनालले मंसिर २ गतेबाट कलेज भ्रमण, मंसिर ८ र ९ गते अडिसन र त्यसपछि फाइनल २५ प्रतिस्पर्धीलाई तालिमका लागि छनोट गरिने जानकारी दिए ।

प्रतिस्पर्धीलाई मिस नेपालका प्रशिक्षक महेश दाहाल, पूर्व मिस नेपालकी जज तथा गाइनोकोलोजिस्ट ज्योति राना, मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ, महिला अधिकारकर्मी तथा महिला युवा प्रशिक्षक उषा मल्ल सिंह, युथ स्पिकर रोहित मल्ललगायत प्रशिक्षकले प्रशिक्षण दिने आयोजकले जनाएको छ । करिब एक महिना चल्ने कार्यक्रमको खर्च ३० लाख अनुमान गरिएको छ ।

प्रतियोगितामा १९ देखि २५ वर्ष उमेर समूहका नारीहरुले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको अफिसियल कोरियोग्राफर सृष्टि घिमिरे हुन् भने अफिसियल डिजाइन राज बुटिक, मेकअप न्यु एज ब्युटि पार्लर, हस्पिटालिटी पार्टनर एभरेस्ट इन्टरनेसनल होटल, मिडिया दैनिक पत्र र बुद्ध टेलिभिजन, फोटोग्रापीm आजकेछडटकम, सिल्भर स्पोन्सर टियुटियु हाजीमा स्टोरले गर्ने कार्यक्रम निर्देशक सेराज मिश्राले जानकारी दिए ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु