गृहपृष्ठ नेपाल–मंगोलिया द्विपक्षीय संयन्त्रको पहिलो बैठक सम्पन्न

नेपाल–मंगोलिया द्विपक्षीय संयन्त्रको पहिलो बैठक सम्पन्न

नेपाल–मंगोलिया द्विपक्षीय संयन्त्रको पहिलो बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल भएको पराष्ट्र मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त बैठकमा नेपालको नेतृत्व गणेश ढकाल र मंगोलियाको नेतृत्व विदेश मन्त्रालयका स्टेट सेक्रेटरी डीं डाभासुरेनले गरेका थिए । क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा सहयोगको विषयमा पनि बैठकमा छलफल भएको विज्ञप्तीमा जनाइएको छ ।

बैठकमा दुवै पक्षले व्यापार, पर्यटन, संस्कृति र जनता–जनताबीचको सम्बन्धलाई बढावा दिई दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए । नेपाल–मंगोलिया द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ जुन १२ मा स्थापना भएको थियो ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु