गृहपृष्ठ भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा
भाइटीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको विहीबार बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको हो । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ ।
यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।
प्रकाशित समय १३:११ बजे

















