गृहपृष्ठ आन्दोलनरत करार कर्मचारीको परिचयपत्र खोसियो, सिंहदरबार छिर्न रोक

आन्दोलनरत करार कर्मचारीको परिचयपत्र खोसियो, सिंहदरबार छिर्न रोक

आन्दोलनरत अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सरकारको निर्णयविरुद्ध आन्दोलन गरेपछि उनीहरुको परिचयपत्र खोसेर भित्र जान रोक लगाइएको हो । उनीहरुलाई बिहीवारदेखि सिंहदरवार प्रवेशमा रोक लगाइएको हो । लामो समयदेखि अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुले आफूहरुलाई सरकारले बिना कुनै कारण हटाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सिंहदरवारको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले आफूहरुको परिचयपत्र खोसेर भित्र जान नदिएको आधिकारीक ड्रेड युनीयनका उपाध्यक्ष भोला पोखरेलले बताए । ‘अस्थायी ज्यालादारी, कर्मचारीलाई विहानैदेखि भित्र छिर्न दिएको छैन, सबैको परिचयपत्र खोसेर भित्र छिर्न प्रतिबन्ध लगाइएको छ,’ उनले न्यूज कारोबारसँग भने ।

बिहीवार दिउँसो वार्ता गर्ने भनिए पनि समय तय नभएको उनले बताए । गत भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र विभागहरुका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई निष्काशन गरेको थियो । दशैंपछि काम गर्न नदिएको भन्दै करार कर्मचारीले विगत ६ दिनदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिँदै आएका छन् ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु