गृहपृष्ठ उर्जामन्त्री वर्षमान पुन अकस्मात अस्पताल भर्ना
उर्जामन्त्री वर्षमान पुन अकस्मात अस्पताल भर्ना
फाइल तस्बिर
छाति दुख्ने समस्या देखिएपछि उर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।
मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनको अवस्था सामान्य भएपनि अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको पुनको सचिवालयले जनाएको छ ।
मन्त्री पुनको उपचारमा डाक्टर यादव भट्टलगायत संलग्न छन् ।
प्रकाशित समय ०७:३५ बजे

















