गृहपृष्ठ विश्वकप प्याराग्लाइडिङको दोस्रो चरणका खेल सकिँदा सोलोभानिया र कोरिया अगाडि
विश्वकप प्याराग्लाइडिङको दोस्रो चरणका खेल सकिँदा सोलोभानिया र कोरिया अगाडि
स्याङ्जामा जारी प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) विश्व कप २०१८ अन्तर्गत शुक्रबार दोस्रो चरणका खेलहरु सकिएका छन् ।
दोस्रो चरणका खेल सम्पन्न हुँदा १ सय ४० फ्लाइट भएको छ भने सोलोभानिया र कोरियाले समान अंक ल्याउदै अग्र स्थान ओगटेका छन् । स्वरेक मैदान (भिरकोट) बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण गरेका सोलोभानियाका प्रि–लोजुक रोक र कोरियाका सिंङमिन लिले समान ५ अंक जोड्दै पहिलो दिनको खेलबाट अग्रता कायम गरेका हुन् ।
रोकले पहिलो राउण्डमा ४ र दोश्रो राउण्डमा १ सहित ५ अंक जोड्दा लिले पहिलो राउण्डमा ३ र दोस्र्रो राउण्डमा २ अंक गरी ५ अंक जोडेका हुन् । दोस्रो स्थानमा कोरिया छ । तेश्रो स्थानमा नेपालका पदकधारी खेलाडी युकेस गुरुङसहित कोरियन खेलाडीको समान ७ अंक छ । कोरियन खेलाडी स्याङयू लिम र जीहुन यूले समान ६ अंक जोड्दै पहिलो दिनको खेल सकाएका थिए ।
महिलातर्फ भने कोरिया अग्र स्थानमा छ । योनह्याङ चोले पहिलो राउण्डमा १ र दोस्रो राउण्डमा ८ अंक सहित ९ अंक जोड्दै महिलातर्फ अग्रता बनाएकी हुन् ।
प्रतियोगितामा १८ देशका ७० जना खेलाडीले सहभागिता जनाएका छन् । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्ण पदक रहेको छ ।
प्रकाशित समय ०७:५९ बजे

















