गृहपृष्ठ ९ महिनाको अवधिमा १४ जनालाई औलोका संक्रमण
९ महिनाको अवधिमा १४ जनालाई औलोका संक्रमण
झापासहित प्रदेश १ का अन्य जिल्लाहरुमा १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले यो वर्ष उक्त रोगसम्बन्धी शुक्रबार १४ औलो रोगी भेटिएको जानकारी दिएको हो ।
यो तथ्यांक गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण बताए ।
संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारत पुगेर फर्किएका थिए । मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको दमक अस्पतालले जनाएको छ ।
नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेकोे दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालको भनाइ छ ।(रासस)
प्रकाशित समय ०७:१५ बजे

















