गृहपृष्ठ सोमबार उपराष्ट्रपतिले चियापान अायोजना गर्ने

सोमबार उपराष्ट्रपतिले चियापान अायोजना गर्ने

nanda-bahadur-pun

उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवतका अवसरमा सोमबार अपराह्न शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गनर्ने भएका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने समारोह अपराह्न २ः३० बजेदेखि सुरु हुनेछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, पत्रकारलगायतलाई पनि आमन्त्रण गरिएको छ ।
रासस

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु