गृहपृष्ठ सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

सांकेतिक तस्बिर ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको वडाध्यक्ष काले गोलेले जानकारी दिएका छन् । राति कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ ।

घरमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । आगलागीबाट जितबहादुर गोलेको घर पूर्णरुपमा जलेको छ भने करीब दुई लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।(रासस)

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु