गृहपृष्ठ विराटनगरमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरमा बसको ठक्करबाट एक जनाको मृत्यु

विराटनगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान कोशी राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्डको मुनाल पथमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

इटहरीबाट विराटनगर आउँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले सोहि दिसातर्फ जाँदै गरेको को १० प ६२५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर–५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोदीको उपचारको क्रममा विराट नर्सिङ अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । प्रहरीले बस र चालकालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु